दफा २४
साझेदारले काम गर्न हुने
– दफा १७ मा उल्लेखित कबुलियतका अधीनमा रही प्रत्येक साझेदारले फर्मको प्रतिनिधित्व गर्न हुन्छ र फर्मको कारोबार चलाउनलाई साझेदारले गरेको कामबाट फर्म बाध्य हुनेछ । कुनै साझेदारले फर्मको काम कारवाईको सिलसिलामा जालसाज गरेमा अरु साझेदारको उजूर पर्न आए अधिकार प्राप्त अदालतले यस्तो साझेदारलाई फर्मको प्रतिनिधित्व गर्नबाट बाहेक गरी दिन हुन्छ ।